हत्या अभियोग लागेका एमाले सांसद कोइरी निलम्बित

काठमाडौं। हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार निलम्बनसम्बन्धीको सूचना केहीबरेमा टाँस हुँदैछ । नेपाल प्रहरीले कोइरीमाथि हत्या अभियोगमा मुद्दा चलिरहेको र उनी फरार रहेको साथै खोजी कार्य जारी रहेको पत्राचार गरेपछि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम उनलाई निलम्बन गरेका हुन् ।

महोत्तरी १ बाट निर्वाचित सांसद कोइरी फरार सूचीमा थिए । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएपछि सदनमा कांग्रेस, माओवादी, रास्वपालगायतका दलका सांसदले आलोचना गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.