कैलाली। कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडामा सडक अवरुद्ध गरेको छ। सोमबार डिभिजन वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीले वन र सडक अतिक्रमण गरेर निर्माण गरेर निर्माण गरेका टहरा भत्काएपछि उनीहरुले सो क्षेत्रमा आज बिहान पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन।
उनीहरुले घर टहरा भत्काएपछी आफुहरुको जाने ठाँउ कहिँ नभएको भन्दै सडक अवरुद्ध गरेका हुन। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अहिले राजमार्ग अवरुद्ध नरहेको र सुचारु नै रहेको जनाएको छ ।