कञ्चनपुरमा बससँग विङ्गर ठोक्किदा १३ जना घाइते

कञ्चनपुर। कञ्चनपुरमा रोकिराखेको बससँग विङ्गर ठोक्किएको छ। रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको से१ख ११९४ नम्बरको बससँग से१ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य छन्। उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ । बस बिग्रिएर सडकमा रोकेका बेला वीङगरले पछाडिबाट ठक्कर दिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.