डडेल्धुरा : नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन् । प्रेस युनिनका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका भण्डारी ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशनमार्फत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै खुला उपाध्यक्षमा अरुण जोशी, महिला उपाध्यक्षमा पार्वती गुरुङ, सेवासमूह उपाध्यक्षमा लोकराज पनेरु, अनौपचारिक उपाध्यक्षमा उद्धवसिंह महरा, सचिवमा मानबहादुर साउद, सहसचिवमा भानबहादुर बिक र गोपालदत्त पनेरु, कोषाध्यक्षमा विष्णा उप्रेती र सहकोषाध्यक्षमा देवकी माल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दानबहादुर बुढाऐर, मानबहादुर शाहु, पदमराज भट्टराई, पदम थलाल, शेरबहादुर बुढाऐर, कमलप्रमा भण्डारी, सम्झाना पाण्डेय र सुनिल बुढाऐर चयन भएका छन् । शिवराज पाठक, हिक्मतबहादुर धामी र चेतराज भट्ट प्रदेश प्रतिनिधिमा चयन भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका निर्वतमान अध्यक्ष टेकराज पाण्डेयको अध्यक्षमा भएको उद्वघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँद रहेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती खड्काको पनि उपस्थिती रहेको थियो ।