वीपी स्मृति भवन निर्माणको काम रोक्न एमाले गोदावरीको माग

अत्तरिया : नेकपा एमाले गोदावरी नगर कमिटीले वीपी स्मृति नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालय निर्माणको काम रोक्न माग गरेको छ । एमालले नगर कमिटीले अवैधानीक तवरले निर्माण भइरहेको पार्टी कार्यालको काम अबिलम्ब स्थगन गर्न माग गरेको हो ।

शनिबार नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले एक प्रेस विज्ञप्ती जारी गर्दै वन क्षेत्र अतिक्रमण गरेर पार्टी कार्यालय स्थापना गर्न खोज्नु अराजनैतिक, अमर्यादित तथा कानुन बनाउने व्यक्तिद्वारा कानुनको ठाडो उल्लघन भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा चौकीडाँडामा टहरा भत्काएको र पार्टी कार्यालय स्थापना गरिएको घटनाको चौतर्फि विरोध भइरहदा उल्दै धम्की पूर्ण भाषा प्रयोग गर्नु लोकतन्त्रको उपहास भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा वास्तविक सुकुम्बासीहरुको न्यायोचित व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.