एक सय ५५ जना विद्यार्थीलाई छात्रवृत्ति

अत्तरिया, २४ बैशाख : धनगढी उपमहानगरपालिका अन्र्तगत दुईवटा विद्यालयका १ सय ५५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । आईतबार बुद्धीष्ट फाउण्डेसनको सहयोग र यार्ड नामक संस्थाको आयोजनामा छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले कार्यक्रमका बीच विद्यार्थीलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा पुर्वाधार विकास मन्त्री देउवाले गरिब जेहेनदार विद्यार्थीलाई छात्रबृत्ति दिएर राम्रो काम गरेको बताए । उनले सहयोगी संस्थालाई धन्यवाद दिदै शिक्षामा लगानी गरे मात्र देशको उन्नती हुने उल्लेख गरे । उनले संघ संस्था संगै तिनै तहका सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.