एमालेले टोपबहादुर रायमाझीलाई गर्‍यो निलम्बन

अत्तरिया : नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले उनलाई निलम्बन गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जनाएका छन् । प्रहरीले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.