अत्तरिया वनखेतमा रहेको शिव मन्दिरमा गायत्री महायज्ञ सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका –२ वनखेतमा रहेको शिव मन्दिरमा गायत्री महायज्ञ सुरु भएको छ । प्रज्ञाअभियान गायत्री परिवार अत्तरियाको आयोजनामा विराट २४ कुण्डीय गायत्री महायज्ञ आयोजना गरिएको हो ।
बैशाख ३० गते पुर्णाहूती विदाई गरेर समापन हुने महायज्ञको पहिलो दिन बुधबार आज शोभा कलश यात्रा निकालिएको छ । महायज्ञ अन्तरगत बैशाख २८ गते देव पूजन सहित कर्मकाण्ड  पुजन र बैशाख २९ गते विभिन्न संस्कारहरु गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक कृष्ण प्रशाद जोशीले बताए ।
प्रज्ञाअभियान गायत्री परिवार उपजोन (सुदूरपश्चिम) प्रमुख डा. विष्णु कान्त पन्तले अहिले हराउँदै गएका संस्कारको पुनस्थापना गर्नको लागि महायज्ञ आयोजना गरिएको बताए । उनले व्यक्ति निर्माण, परिवार निर्माण, समाज निर्माण, आत्मीयता– दया– सद्भाव, सहयोग, सहकार्य र परोपकारको भावना, धर्म– संस्कृती एवं परम्परागत मान्यताहरुको विवेकपूर्ण संरक्षण लगायतका ज्ञान महायज्ञमा प्राप्त गर्न सकिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.