सर्लाहीमा भारतीय युवकको हत्या

जनकपुरधाम- सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।

बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दए ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।

 

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.