कृषि ज्ञानकेन्द्र कैलालीमा नमुना तरकारी खेती

अत्तरिया, १ जेठ : कृषि ज्ञानकेन्द्र कैलालीले कार्यालयमा नमुना तरिकारी खेती गरिएको छ । कार्यालयमा पुग्ने किसानहरुलाई जानकारी होस् भन्ने उदेश्यसका साथ कार्यालयमा केहि लहरे बाली विरुवाको नमुना खेती गरेको हो । ज्ञानकेन्द्रका प्रमुख खगेन्द्र शर्माका अनुसार कार्यालयमा काक्रा, बोडी र करेला खेती गरेको छ । ‘कार्यालयमा पुग्ने सेवाग्राही भनेको अधिकांस किसान हुन्छन्’, उनले भने, ‘उहाँहरुलाई केहि जानकारी होस् भन्ने उदेश्यसका साथ अहिलेको सिजनमा हुने लहरे विरुवा रोपीएका हुन ।’
कम लागतमा थोपा सिँचाई प्रविधि सहितको ट्रस निर्माण गरेर नमुना खेती गरेको उनको भनाई रहेको छ । कैलालीमा पछिल्लो समय तरीकारी खेतीमा किसानहरु आकर्षण भएका छन् । जिल्लाको धनगढी, गोदावरी, भजनी, टिकापुर, कैलारी, घोडाघोडी लगायतका क्षेत्रमा किसानहरुले तरीकारी खेतीबाट जिविकोपार्जन गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.