काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । मंगलबार मात्र नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँ घटाएसँगै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागले घटेको मूल्य आज बुधबार देखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ३।२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४।१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४।६५ प्रतिशतले भाडा घटेको छ । यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।