अत्तरिया : सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट बनेका छन् । सो पार्टीका केही नेता(कार्यकर्ता विरोध जनाउन माइतीघर पुगेका छन् ।
नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य ऋषि धमलाकी पत्नी एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डलामा नाराबाजी गर्न पुगेका हुन् । उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै चौधरीलाई रिहाइ गर्न माग गरेका छन् । उक्त प्रदर्शनमा मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठ भने सहभागी भइनन् ।