जगदीश रोकाया
बझाङ, ४ जेठ : बझाङमा जोखिमपुर्ण घर तथा खर पराले छाएका घरहरुलाइ ममर्त गरि जनतालाइ सुरक्षित आवसमा बस्ने व्यवस्था मिलाउने सरकारको लक्ष्य छ । त्यस अनुसार बझाङमा यो आर्थिक वर्षमा १५ सय ७२ घर मर्मतका लागि कोटा परेको छ ।
बिहीबार सघन शहरी तथा भवन र्निमाण आयोजना डोटीले सदरमुकाम चैनपुरमा सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिको बैठकको आयोजना गरि उक्त कार्यक्रम बारे जानकारी दिएको हो ।
यो आर्थिक वर्षका लागि जयपृथ्वी नगरपालिकामा १४८ घर मर्मतको कोटा आएको छ । यसका साथै, बुुगंल नगरपालिकामा १५८ कोटा, तलकोट गाँउपालिकामा १२८, मष्टा गााउपालिकामा ११५, खप्तडछान्ना गाँउपालीमा १२१, थलारा गाँउपालिकामा ७८, वितथडचिर गााउपालिकामा १२१, सुर्मा गाँउपालिमा ११०, छविसपाथीभेरा गाँउपालिकामा २००, दुुर्गाथली गााउपालिकामा १३०, केदारस्यँ गाँउपालिकामा १५८, र साइपाल गााउपालिकामा ७८ वटा कोटा परेको सघन शहरी तथा भवन र्निमाण आयोजना डोटीका कार्यालय प्रमुख तुलसीराम खरभुजाले जानकारी दिए । उनले गत वर्ष पालिकामा आएको कोटा र काम गर्दा भए देखिएका समस्याका बारेमा पनि जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य संयोजक रहने सुुरक्षित नागरिक आवास कार्यक्रम को जिल्ला समन्वय प्रमुख सदस्य र आयोजना प्रमुख सदस्य सचिब रहने व्यवस्था रहेको छ ।
जिल्ला समन्वय समितिको हलमा भएको समितिको बैठकमा जिल्ला समन्वय प्रमुख नरबहादुर बोहरा लगायत जिल्लाका १२ वटै स्थानीयतहका प्रमुख साथै प्रमुुख प्रशासकीय अधिकृत र आयोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बैठकमा पालिका प्रमुखहरुले अघिल्लो वर्ष छनौट भएका सुुरक्षित नागरिक आवास कार्यक्रमको काम गर्दा देखिएकाका समस्याहरु र आगामी दिनका लागि सुुझाव दिएका थिए । सरकारले यस्ता घर मर्मतका लागि अघिल्लो वर्ष ५० हजार थियो भने अहिले ७५ हजार अनुुदान दिने गरेको छ ।
बैठकमा गत वर्षको काम हेर्दा एक लालपुुर्जा धेरै जनाले पेश गरेको, एक घरको फोटा अरुले पनि देखाएको, छनौट भएका केहि घरको सम्झौता नभएको जस्ता समस्या माथि छलफल भएको थियो । साथै छनौट भएको व्यक्ति लाइ रकम निकासा एकै किस्तामा र एकै वर्ष भित्र दिनुुुपर्ने पालीका प्रमुखहरुले सुुझाव दिएको कार्यक्रममा सहभागि जिल्ला समन्वय प्रमुख नरबहादुुर बोहराले जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु