अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक विस्तार भएको छ । नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै मुख्यमन्त्री कमलबहादुर शाहल आज शनिबार दोस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । सरकार गठन भएको सय दिन पुरा हुँदा मन्त्रीपरिषदलाई पूर्णता दिने नसकेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि मन्त्रीपरिषदलाई पूर्णता दिन सकेनन् ।
अहिले नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउँद, र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल र नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई नियूक्त भएका छन् । नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिने लिएका छन् । राज्यमन्त्री माललाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ खुवाएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा धनगढीमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीले सपथ लिएका हुन ।
दुई मन्त्रालय नपाए सरकारमा सहभागि नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि नाम सिफारिस नभएपछि सरकारमा नगएको बुझीएको छ ।
सम्बन्धित पाेस्टहरु