बझाङ ६ जेठ : राज्यको शासकीय व्यवस्थाको सवै निकायमा महिला सहभागितालाइ अनिवार्य गरि समतामुुलक समाजको परिकल्पना गरिएको भएपनि अझै सार्वजनिक निकायको पदधारण गरेकी महिलाहरुले समेत कार्यालयमा पुुरुषबाट अपमान सहनु परेको छ ।
बझाङको केदरस्युुँ गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्षले महिला जनप्रतिनिधिलाई अपमान गरेको आरोप लागेको हो ।
सार्वजनिक सभा समारोहमा होस वा कार्यालयमा वडा अध्यक्षले गर्ने व्यावहारप्रति महिला जनप्रतिनिधि निकै दुुखित छन ।
शुक्रवार वडा कार्यालय भाडसैनमा वडा अध्यक्ष लगागत अन्य जनप्रतिनिधि गाँउका जनता सहित पत्रकारहरुको सहभागितामा भएको बैठकमा जनप्रतिनिधि महिलाहरुले वडा अध्यक्षले गर्ने व्यावहार र काम गर्ने शैली तौरतरिकाप्रति निकै आलोचना गरिन् । ‘जेठ ३ गते पालिकामा भएको बैठकमा गाँउपालिका अध्यक्षले सवै वडामा खानेपानी पाइप वितरण गरेको कहाँ कति काम भएको छ ? भन्ने जिज्ञासामा मैले कहाँ कति पाइप आए छ हामीलाइ जानकारी भएको छैन भन्ने प्रश्न गरेकी थिए’ कार्यपालिका सदस्य कमला थापाले भनिन् । ‘मैले बोल्यो भनेर वडा अध्यक्ष जयबहादुर धामीले तिमीलाइ के चाहियो बड्ता जान्ने हुन्छस, तिमिलाई जिताएकी मैले हो भनेर तथानाम अपमान धम्कीपुुर्ण हेपाह व्यावहार सहनुपर्यो ।’
वडा सदस्य थापाले भनिन, ‘यी वडा अध्यक्ष जहिले पनि हामी महिलाहरुलाई तिमिहरु त्यस्ति त होउ, भत्ता पचाउने मात्र हौ । के जानेका छौ ? तिमिहरुको काम छैन भनेर अपमान घृणा गर्ने गरेको गर्ने गरेका छन् ।’ वडा की अर्की महिला सदस्य अम्मरादेवी विक पनि वडा अध्यक्षको व्यावहार प्रति सुुन्तष्ट छैनन । उनले भनिन्, ‘हामी महिला सदस्यलाइ पनि वडा अध्यक्षले सम्मान व्यावहार गर्ने केहि कुराकानी जानकारी दिने सरसल्लाह गर्नुपर्ने हो । तर, उहाँ एकले काँटे अटेरी अलि दम्ब घमण्डी स्वभावका छन् ।’ वडा सदस्य मदनबहादुर धामी पनि अध्यक्षको काम गर्ने तौरतरिका व्यावहारप्रति सन्तुुष्ट छैनन । भाटशैनका एक जना शिक्षकले पनि वडा अध्यक्ष धामी कार्यालयमा खासै नबस्ने गरेको गाँउलेहरुसंग समन्वय सम्पर्क नगर्ने गरेको आरोप लगाए ।
वडा कार्यालयमा भएको भेलामा वडा अध्यक्ष जयबहादुर धामीले वडाका सदस्य साथीहरुसंग समन्वय सम्पर्क गरेको दावी गरे । केहि कुरामा असहमती भएपनि महिला सदस्यहरु लाइ अपमान नगरेको उनको दावी छ । पालिकाको बैठकमा प्रवक्ता तस्विर विकले आफुुलाइ बोल्न नदिएको आरोप लगाए । ‘बोल्छ भनेरर पालिका अध्यक्षले मलाई पनि टारगेट गरेको छन् ।’ उनले भने । वडा अध्यक्ष धामी पालिका भित्रको कुरा र अन्य जनप्रतिनिधिको बारेमा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी गर्ने, सधै बखडा गर्ने, अपरिपक्क गैरजिम्मेवारी व्यावहार प्रदर्शन गर्ने गरेको’ पालिकाका एक कमचारीले भने । उपाध्यक्ष मनिसा धामी पनि वडा अध्यक्ष धामीको हरकत प्रति सन्तुुष्ट छैनन । उनले भनिन् । ‘उहाँलाइ पदीय मर्यादाको ज्ञान कम छ जसो अनुुभुुती भएको छ ।’
गाँउपालिका अध्यक्ष गणेश बोहराले सामाजिक संञ्जालमा पालिकाको बिषयमा आएका कुराहरु लाइ सत्यतथ्य बुुझेर मात्र सम्प्रेण गर्ने अनुुरोध गरे । जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी पदिय मर्यादा भित्र रहेर प्रस्तुुत हुुनुुपर्ने उनले बताए ।
सम्बन्धित पाेस्टहरु