कैलालीमा पाँच गोलिया सालको काठ बरामद

धनगढी : कैलालीमा पाँच गोलिया सालको काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वाडा नम्बर ९ को कार्यालय नजिकै पाँच गोलिया सालको काठ प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लगिएको हो। १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले ट्याक्टरसहितको काठ बरामद गरेको हो। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने छ। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.