गोदावरी नगरपालिका–१० द्वारा ९४ लाख बढीको वजेट सार्वजनिक

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार आयोजित वडाको सातौँ वडा भेलामा वडासचिव हिक्मत साउँदले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि वडाले ९४ लाख १५ हजार ७ सय १५ रुपैयाको बजेट सार्वजनिक गरेको छ । वडासचिव साउँदले नगरले पठाएको बजेट सिलिङको आधारमा वडामा माग भई आएका योजनाहरु प्राथमिकतामा राखिएको बताएका छन् । उनले नगरबाट वडाको लागि छुट्याईएको बजेटमध्ये सबैभन्दा बढी भौतिक पुर्वाधार विकासतर्फ विनियोजन गरिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.