बझाङ, ७ जेठ : बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएकी एक महिलाको मृत्यु भएको छ । आइतबार जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा हिमपहिरो गएको हो ।
उक्त हिमपहिरोमा परेर १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार मृत्यु हुने र घाइते हुनेमा सुर्माकै स्थानीय श्रीमान–श्रीमती रहेको र एकजना अर्का पनि घाइते बनेका छन् । टेलिफोन सम्पर्क हुन नसक्दा उनीहरुको परिचय भने नखुलेको डिएसपी भण्डारीले बताए । यस्तै अन्य २ जना अझै सम्पर्कविहीन छन् । आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिमपहिरोमा परि बेपत्ता भएका थिए ।
बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली पनि परिचालन गरिएको छ ।
सम्बन्धित पाेस्टहरु