अत्तरिया : पुर्बराजा ज्ञानेन्द्र शाह धनगढी पुगेका छन् । भोलि धनगढीमा हुने नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन उनी धनगढी पुगेका हुन् ।
नेपालगन्जबाट सडक मार्ग हुँदै शाह आफैंले ड्राइभ गरेको मोटरमा धनगढी आइपुगेका हुन । उनलाई चिसापानी–अत्तरिया सडक को ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका थिए । पुर्ब राजा को स्वागतमा अत्तरिया चोकमा उनका समर्थकहरु ठूलो संख्यामा घन्टौ देखि लाइनमा बसेका थिए ।
तर उनको गाडी अत्तरिया चोकमा नरोकेर सिधै धनगढी तिर मोडिएपछी उनका समर्थकहरु पनि धनगढी तिरै लागेका छन् । यस अघि उनीहरुले राजा र राजसंस्था को पक्षमा चर्को नाराबाजी गरेका थिए ।