विधेयक पारित नगरी सुदूरपश्चिमको हिउँदे अधिवेशन अन्त्य

अत्तरिया : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य गरिएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिइन्छ । गत मंसिरको निर्वाचनपछि राजनीतिक समीकरण पटकपटक फेरिँदा हिउँदे अधिवेशन केवल मुख्यमन्त्रीले विश्वासको मत लिने, सभामुख र उपसभामुखको निर्वाचन गर्ने काममा सीमित भई कुनै पनि विधेयक पारित नगरी अन्त्य भएको हो ।

प्रदेश तहमा प्रदेशसभालाई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्थाका रूपमा लिइन्छ । यसले शासन प्रणालीमा आवश्यक कानून निर्माण गर्ने र नीति निर्धारण गर्ने कार्य गर्दछ । अधिवेशनको अन्तिम दिन शनिबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको गठन भई समितिमा मनोनयन भएका सदस्य तथा संसद्का विषयगत समितिमा मनोनयन भएका प्रदेशसभाका सदस्यको नाम वाचन गरेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.