धनगढीको एक्सिस विद्याश्रमबाट चलिरहेको सिसिटिभी क्यामेरा, राउटर चोरी

अत्तरिया : धनगढीको हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार  राति २ बजेको समयमा विद्यालयमा चोरी भएको हो।

विद्यालयमा रातिको समयमा दुई जनाको युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले बताए।

विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताए।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.