पूर्वराजा ज्ञानेन्द्र शाहले अत्तरिया चोकमा रहेको स्व. राजा महेन्द्र को तस्बिरमा माल्यार्पण गरे

अत्तरिया : पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको स्व. राजा महेन्द्रको तस्बिरमा माल्यार्पण गरेका छन् ।

धनगढीबाट सुर्खेत जाने क्रममा उनले मगंलबार केही समय अत्तरिया चोकमा बिताएका हुन। चोकमा लाइनबद्ध बसेका उनका समर्थकहरुलाई समेत उनले भेटेका छन् । सो अवसरमा अत्तरिया चोकमा जम्मा भएका स्थानीय र राजतन्त्र समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी समेत गरे ।

पूर्वराजा शाहले केहिबेर लाईनमा बसेका केही ब्यक्ति र सुरक्षाकर्मीसंग भलाकुसारी समेत गरेका थिए । २०६२\६३ को जन आन्दोलनमा भत्काइएको राजा महेन्द्रको सालिक स्थानीयकै पहलमा केही महिना अघि अत्तरिया चोकमा पुनःस्थापन गरिएको थियो । शाहलाई हिजो धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । सडक मार्ग हुँदै धनगढी आएका शाह सडक मार्ग हुदै सुर्खेत तिर लागेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.