अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् ।
मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकारदाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् । उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे । उनले प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताए । मुख्यमन्त्री शाहले प्राकृतिक स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताए ।
उनले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारी केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइ गर्नु परेको बताए । ‘केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार ग-यो । असमान वितरण प्रणाली लागू ग-यो । विकासलाई समातामूलकरूपमा गरेन ।
सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न पाएनन्,’ उनले भनिन्, ‘संवैधानिकरूपमा नभए पनि संघीय सरकारले विकास तथा अधिकारीको रूपमा दोस्रो दर्जाका नागरिकका रूपले हेरेको कारण गरिवी जनजीवन हेर्दा नागरिकले नारकीय जीवन बिताउनुपर्ने अवस्था अहिले पनि छ । प्रदेशभित्र रहेका राजश्वका स्रोतहरू केन्द्रले नियन्त्रणमा लिएको छ । भन्सारमा उठेका महशुलहरू केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो ।’