गोदावरीमा हावाहुरीले १ विद्यालयसहित ६ घरमा क्षति

धनगढी: कैलालीको गोदावरीमा हावाहुरीले १ विद्यालयसहित ६ घरमा क्षति पुर्‍याएको छ। मंगलबार राति आएको हावाहुरीले कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको धर्म सिंहको टीनको छानो, जानकीदेवी कोलीको १ तले घरको छानोसहित ३ कुन्टल गहुँ, ५ बोरा धान, जुहारी लुहार, लालीदेवी खड्काको १ तले घरको जस्तापाता र १ कुन्टल गहुँ, निर्मल खत्रीको २ तले घरमा, हरीलाल खत्रीको जस्तापाता उडाउनुका साथै दुर्गा माध्यामिक विद्यालयको १ तले टिनको छानो उडाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए।

उनका अनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.