अछाममा करेन्ट लागेर एक जनाको मृत

अत्तरिया : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुसकोट सेलगाउँका ३१ वर्षीय साउँदको करेन्ट लागेर मृत्यु भएको हो।

उनलाई विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। मंगलवार गाउँको एक विधालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.