काठमाण्डौँ : टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशमको बाँकी कैदसजाय माफीका लागि राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले यसको निर्णय गरेको हो। सोमबार गणतन्त्र दिवसका अवसरमा उनको कैदसजाय माफी गरिने भएको हो।