अत्तरिया, १४ जेठ : गौरीगंगा नगरपालिका–६ बनबेहडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । रास्ट्रिय खोप ऐन २०७२ अनुसार १६ महिना देखि २३ महिना सम्म नियमित ९ खोप लगाएपछि पूर्णखोप वडा घोषणा गरिएको आधारभुत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्यायले जानकारी दिए । कार्यक्रममा आफ्नो धारणा राख्नेहरुले वडालाई पूर्णखोप घोषणा गरेर मात्र नहुने र सबै सेवाग्राहीले समयमा स्वास्थसंस्थामा आई सेवालिन आग्रह गर्दै खोपकार्यले बालबालिकाहरुलाई रोगको संक्रमण हुन नदिने र यसले बाल मृत्युदरमा पनि कमि ल्याउन सहयोग बताएका थिए ।
बच्चा स्वास्थ भए नेपालको भबिस्य उज्यालो हुने हुँदा यो खोज र खोप अभियान टोल केन्द्रित हुनुपर्ने मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे) धारणा रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरु सियाराम चौधरी, बाटुदेबि विक, टेक बोगटी, निवर्तमान वडा अध्यक्ष कमला शर्मा, सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे), बिणा ग्रामिण विद्युत सहकारी अध्यक्ष पुरनसिं कडायत, दृस्टी ग्रामीण विद्युत सहकारी अध्यक्ष वीरबहादुर शाह, रानिफाँटा सामुदायिक वन अध्यक्ष चक्र बोगटी, विणा विद्या मन्दिर प्र.अ.दल बोगटी, समाजसेवी दानबहादुर कुँवर लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त अवसरमा वडा नं–६,वडा कार्यालय द्वारा महिला स्वंयमसेबिकाहरु क्रमशः पार्बती शर्मा, कौसिल्या ओझा, बिर्कला रौले, कृस्णा खडका, संन्तोसी चौधरी र रामदासी चौधरी लाई पूर्णखोप सुनिश्चतता कार्यक्रममा खेलेको भुमिकाको प्रसंसा गरिएको थियो । । सहभागीहरुले सामुहिक प्रतिबद्धता ब्यक्त गर्दै हस्ताक्षर गरेका छन ।
आधारभूत स्वास्थ केन्द्रका अध्यक्ष टेकबहादुर कुँवरको सभापतिवमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्था प्रतिनिधि, टोल संयोजकहरु, समाजसेवी, बुद्धिजीवी,स्वंयमसेबिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश गरेका हुन् ।
