दार्चुला महाकाली नदीमा बगेर किशोर बेपत्ता

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन् । महाकाली नगरपालिका –४ बंगाबगर बस्ने कुबेरसिंह धामीका छोरा अन्दाजी १५ वर्षीय सुदिप धामी महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

आज सोमबार दिउँसो २ः३० बजे बगेका धामीको खोजी गर्दा अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता धामी महेन्द्र नमुना माविमा कक्षा १० मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.