प्रेस युनियन कैलालीको अध्यक्षमा सिताराम ओझा निर्वाचित

धनगढी : प्रेस युनियन कैलालीको अध्यक्षमा सिताराम ओझाको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । सोमबारबाट धनगढीमा सुरुभएको युनियनको छैठौँ अधिवेशनबाट आज मंगलबार समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा सुनिल आउजी, उपाध्यक्ष (महिला) मा अनिता चौधरी, सचिवमा शंकर बोहरा, सह–सचिवमा रमा चन्दा र कोषाध्यक्षमा गगन अयडी चयन भएका छन् ।
यस्तैगरी सदस्यहरुमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल, केशवसिंह धामी चयन भएका हुन् । समितिको महिला सदस्यहरुमा शारदा फुलारा जैशी, यमुना साउँद, भगवती सुनार रहेका छन् । निर्वाचन समितिका अनुसार समितिको आदिवासी जनजातीतर्फ सदस्यमा जीवन चौधरी, मधेशी कोटामा सौरभ राना र अल्पसंख्याकमा विवेक नागरी निर्वाचित भएका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.