अत्तरिया, २० असार : कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया उद्योग बाणिज्य संघको २३ गते हुने निर्वाचनमा कल्याण सिंह बोहरा नेतृत्वको प्यानलले चुनाबी प्रचारलाई तिब्र पारेको छ । उक्त टिमले सबै वडाका मतदाता संग भोट मागिरहेको छ ।
उक्त टिममा विगतमा काम गरेकाहरु संख्या उल्लेख्य रहेको छ । उक्त टिमले चुनाब जित्ने दाबी गरेको छ । संघमा आवद्ध हरेक क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरिरहेको र आफ्नो टिम जित्नेमा ढुक्क रहेको अध्यक्षका उम्मेदवार बोहराले बताए । उनले आफुसँग पुरानो काम गरेको अनुभवी टिम रहेको र पुराना पदाधिकारीहरुको समेत समर्थन रहेकाले आफ्नो टिमले जित हासिल गर्नेमा आफु विस्वस्त रहेको बताए । ‘प्रचारप्रसारका क्रममा गेटा, स्याउलेबजार लगायतका क्षेत्रहरुमा गईसकेका छौ, त्यहाँका व्यापारीहरुको उत्साह एकदमै राम्रो पाएका छौ’ उनले भने ‘काम गर्न सक्ने र अनुभवी टिम भएकाले सबै व्यवसायीहरुले हामीलाई भोट हाल्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौ ।’
उनले कोरोनाको महामारीका कारण भनेजस्तो काम गर्न नसकिएको बताउदै जुझारु र युवा टिम भएकाले आगामी दिनमा संस्था र व्यवसायीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्वाचनमा होमिएका छौं । सबैको राम्रै रेसपोन्स रहेको छ, विगतमा हामीले संस्था बनाउन मिहेनत गरेकै हौ । कोरोना लकडाउन, देशमा आएको आर्थिक मन्दी यी सबै कारणले पनि सोचे जस्तो काम गर्न सकेनौ । अब व्यवसायिको हक हितमा काम गर्नेछौं’, उनले भने । बोहराले विगतका गल्ती कमी कमजोरीबाट थप सच्याएर अघि बढने जिकिर गरे ।
उक्त टिमले संघको सदस्यता बढाउन पनि आफुहरुले मिहेनेत गरेकाले व्यवसायीहरुले भोट दिनमा विश्वस्त रहेको बताएको छ । उक्त टिमको वरिस्ट उपाध्यक्षमा निवर्तमान महासचिव यज्ञराज जोशी चुनाबी मैदानमा रहेका छन । यस्तै उपाध्यक्षमा देबराज भट्ट,चेतराज पन्त रहेका छन । सोही टिमको महासचिबमा निवर्तमान सचिव शंकर खडका रहेका छन । यस्तै सचिवमा दिपिन वकुमार साउँद र कोषाध्यक्षमा हेमराज भण्डारी रहेका छन ।
सोही टिमबाट सदस्यमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदाशंकर र बम बहादुर बोगटी रहेका छन । संघका १५ सय ६३ मतदाता रहेका छन । उक्त टिमलाई जिताउन संघका दुई पूर्व अध्यक्ष बसन्त रोकाया र अशोकराज देबकोटा पनि प्रचार प्रसारमा संगै हिंडेका छन । रोकाया संघका संस्थापक अध्यक्ष पनि हुन ।
काँग्रेसका क्षेत्रिय सभापति समेत रहेका रोकायाले स्थानीय निकायको निर्वाचन, संघ र प्रदेशमा काँग्रेस निकट जन प्रतिनिधीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेकाले पनि संघको यो निर्बाचन पनि आफ्नो पक्षमा पार्न सफल हुने रणनितीमा रहेको बुझिएको छ । उनले वडा वडाका काँग्रेस निकट व्यवसायी मतदाता सँग संपर्क बढाउन थालेका छन् ।
सम्बन्धित पाेस्टहरु