९ बर्षीय बालकको झुण्डिएका अवस्थामा शव फेला

अत्तरिया : कैलालीमा झुन्डिएको अवस्थामा ९ वर्षीय बालकको शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका – ७ हरैया बस्ने भवन चौधरीका ९ वर्षीय छोरा पुन्टु चौधरीले झुण्डिएको अवस्थामा घरमै शव फेला परेको हो । जिल्लाको गोदावरी नगरपालिका–७ हरैयाका भवन चौधरीका ९ बर्षीय छोरा पुन्टुले मोबाइल चलाउन नपाएको झोकमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतिका डिएसपी गणेश बरालले जानकारी दिए।

असार १९ गते पुन्टुले मोबाइल माग्दा आमाबुबाले नदिएपछि बालकले आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.