कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आईतबारदेखि राहदानी बनाउनका लागि बिहान ८ बजेदेखी सेवा दिने भएको छ । राहदानी बनाउनेहरुको संख्या वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले छिटो छरितो सेवा प्रवाह गर्नका लागि कार्यालय समय बाहेक अतिरिक्त चार घण्टा समय थप गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
कार्यालयले आईतबारदेखी बिहिबारसम्म बिहान ८ बजेदेखि ६ बजेसम्म र शुक्रबार ८ बजेदेखि ४ बजेसम्म सेवा दिने जनाएको छ । त्यसैगरी राहदानीको अनलाईन फर्म भर्न नजान्नेहरुका लागि निःशुल्क फर्म भर्ने व्यवस्था समेत मिलाइएको छ ।
सम्बन्धित पाेस्टहरु