जगदीश रोकाया
बझाङ, २२ असार : नेपाल सरकारको पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ पाचौँ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बीच बझाङ जिल्लालाइ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेको हो। जिल्ला सदरमुकाममा चैनपुरमा गरिएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले घोषणा गरेको हो।
पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा बझाङ जिल्ला पाचौं नम्बरमा परेको बताइएको छ। यस अगाडि सुदूरपश्चिम प्रदेशमा डोटी पहिलो स्थानमा पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा भएको थियो। दोस्रोमा बैतडी जिल्ला, तेस्रोमा अछाम, चौथोमा डडेल्धुरा जिल्ला र पाचौ नम्बरमा बझाङ जिल्ला परेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए। उनले बझाङ जिल्लामा जन्म देखि १६ महिना सम्मका ४ हजार १ सय ५ पाँच बालबालिका साथै १६ महिना देखि पाच बर्ष मुनिका १० हजार ८ सय २९ उन्नतिस बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाइ खोप लगाउन कुनै पनि बालबालिका नभएकाले जिल्ला पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गरेको पनि उनले जानकारी दिए। यस अगाडि जिल्लामा रहेको १२ वटै पालिकाले आ–आफ्नो पालिका लाइ खोप सुनिश्चिता पालिका घोषणा गरेपछि जिल्ला घोषणा गरेको हो।
सम्बन्धित पाेस्टहरु