गेटा अस्पतालका लागि माग गरिएको १४१ जनाको दरबन्दी मन्त्री परिषदको बैठकद्वारा स्वीकृत

धनगढी, २२ असार : गेटा अस्पतालका लागि माग गरिएको १४१ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्री परिषदको बैठकद्वारा
गेटा अस्पतालका निर्देशक हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा. प्रमोद जोशीले शुक्रबार बस्ने भनिएको मन्त्री परिषदको बैठकमा अस्पताल सञ्चालनका लागि एक सय ४१ जनाको दरबन्दी स्वीकृतिको प्रस्ताव पेश गरेका थिए ।
जोशीका अनुसार साउन महिनामा ओपीडी सेवा सञ्चालनका लागि एक सय ४१ जनाको दरबन्दी र आवश्यक उपकरणहरु माग गरेका थिए । गेटा अस्पतालमा बहिरंग सेवा सञ्चालनका लागि दरबन्दी स्वीकृत भए पश्चात चाँडो नै ओपीडी सेवा शुरु गर्ने डा. जोशीले बताए । उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिभागले आवश्यक दक्ष जनशक्ति र उपकरण जतिसक्दो चाँडो पठाउने आश्वासन दिएको बताए । मन्त्री परिषदले दरबन्दी स्वीकृत पश्चात चाँडै नै स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका जनशक्तिलाई गेटा अस्पतालमा पठाउने तयारीमा मन्त्रालय रहेको डा. जोशीले जानकारी दिए ।
बिशेषज्ञ चिकित्सक ५ जना, मेडिकल अफिसर १२ देखि २० जना, नर्सिङ स्टाफ ४०, पारामेडिक्स २५, लेखा प्रमुख १ र प्रशासन प्रमुख एक समेत समेत गरी बिभिन्न पदमा एक सय ४१ जनाको दरबन्दी माग गरिएको थियो । उनले त्यस बाहेक ओपिडी सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत उपकरणहरु समेत माग गरिएको र असार भित्र माग गरे बमोजिमका उपकरणहरु पठाउने तयारीमा स्वास्थय बिभाग रहेको समेत जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.