अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सप्पन्न भएको छ । आज बिहान ८ बजे देखि अत्तरियाको दुर्गालक्ष्मी नमुना विद्यालयको भबनमा मतदान शुरु भएको थियो । निर्बाचनमा १३ सय मतदान भएको निर्बाचन अधिकृत वीर बहादुर जेठाराले बताए ।
संघका कुल मतदाता १५ सय ६३ मतदाता रहेका थिए । निर्बाचनले आगामी २ बर्ष को लागि नेतृत्व चयन गर्ने छ । संघ को अध्यक्ष को लागि कल्याण सिँ बोहरा, कबिराज भट्ट र मिना देउबा प्रतिस्पर्धा गर्दै छन् । देउबा र बोहरा प्यानल सहित चुनावी मैदान मा छन् । भट्टले भने अध्यक्षमा मात्रै उम्मेदवारी दिएका छन् । संघको महासचिब को लागि भने अर्जुन खड्का र शंकर खड्का चुनावी मैदानमा छन् ।