अत्तरिया : कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले दरबन्दी भन्दा बढी कार्यरत कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरिएको छ । शनिबार धनगढीमा कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहका नगर प्रमुख र अध्यक्षहरुको दोस्रो समन्वयात्मक बैठक पालिकाहरुमा दरबन्दी भन्दा बढी कार्यरत कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो ।
धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको श्रोत साधनबाट स्वीकृत दरबन्दी बाहेकका थप कर्मचारीहरुको तलब भत्ता उपलब्ध गराउन नसकिने अवस्था रहेकोले बढी भएका कर्मचारीहरुलाइ मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ । बैठकपछि नगरप्रमुख हमालले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको उल्लेख छ ।
सम्बन्धित पाेस्टहरु