साँस्कृतिक महासंघ चुरे अध्यक्षमा सापकोटा

अत्तरिया, २५ असार : नेपाल साँस्कृतिक महासंघ चुरे गाउँपालिकाले बुद्धि सागर सापकोटाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपसभापतिमा मनिराम अधिकारी (मिलन) र सचिबमा मानबहादुर धामी चयन भएका छन भने सदस्यहरुमा दलि बोहरा, जितबहादुर खडायत र केपि मगर सर्बसम्मतले चयन भएका हुन् ।
महासंघ प्रथम अधिबेशन शनिबार सम्पन्न भएको हो । महासंघका चुरे गाउँपालिका सभापति दामोदर रिजालको सभापतित्वमा भएको अधिबेशनका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल साँस्कृतिक महासंघ केन्द्रीय उपसभापती सुरत रावत (डोटेली कान्छा) रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.