अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा बोहराको अग्रता, देउवा पञ्छ्याउँदै

अत्तरिया : अत्तरिया उद्योग वाण्ज्यि संघको शनिबार भएको निर्वाचनको मतगणना जारी रहेको छ । नौ सय मत गणना हुँदा अध्यक्षमा कल्याणसिंह बोहराको अग्रता कायम राखेका छन । बोहराले ४२१ मत पाँउदा प्रतिद्वन्द्वी मिना देउवाले ३९३ मत पाएकी छन् । त्यस्तै उपाध्यक्ष उद्योगमा दल बहादुर खड्काले अग्रता लिएका छन् । खड्काले ४८७ मत पाँउदा प्रतिद्वन्द्वी यज्ञराज जोशीले ३७१ मत पाएका छन् ।

उपाध्यक्ष वाण्ज्यिमा ४५५ मतकासाथ फागुराम चौधरीको अग्रता छ भने उनलाई ३९६ मतकासाथ देवराज भट्टले पछ्याईरहेका छन् । वस्तुगततर्फ ४३९ मतकासाथ चेतराज पन्तको अग्रता छ । उनलाई ४०२ मतकासाथ लक्ष्मण धामीले पछ्याईरहेका छन् । त्यसैगरी शंकर खड्काले ४२५ मत ल्याँउदा अर्जुन खड्काले ४१८ मत पाएका छन् । कोषाध्यक्षमा हेमराज भण्डारीले ४२५ मत पाँउदा दिपकराज भट्टले ४१८ मत ल्याएका छन् ।

त्यसैगरी सदस्यहरुमा रमेश भट्राई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र मनोज सदासंकरको अग्रता रहेको छ । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन । अध्यक्षमा कल्याण सिंह बोहरा, मिना देउवा प्यानल सहित चुनावि मैदानमा छन भने कवि राज भट्ट एकल रुपमा अध्यक्षका उम्मेदवार छन् । संघमा जम्मा पन्ध्र सय ६३ जना मतदाता रहेकोमा तेह्र सय एक मत खसेको थियो । मतगणना राती ११ बजेदेखी सुरु भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.