अत्तरिया : अत्तरिया उद्योग वाण्ज्यि संघको शनिबार भएको निर्वाचनको मतगणना जारी रहेको छ । बाह्र सय मत गणना हुँदा अध्यक्षमा कल्याण सिंह बोहराको अग्रता कायमै राखेका छन । बोहराले ५४५ मत पाँउदा प्रतिद्धन्दी मिना देउवाले ५२६ मत पाएकी छन् । त्यस्तै उपाध्यक्ष उधोगमा दल बहादुर खड्काले अग्रता लिएका छन् । खड्काले ६५४ मत पाँउदा प्रतिद्धन्दी यज्ञराज जोशीले ४९३ मत पाएका छन् ।
उपाध्यक्ष वाण्ज्यिका ६०४ मतकासाथ फागुराम चौधरीको अग्रता छ भने उनलाई ५३४ मतकासाथ देवराज भट्टले पछ्याईरहेका छन् । वस्तुगततर्फ ५९० मतकासाथ चेतराज पन्तको अग्रता छ । त्यसैगरी शंकर बहादुर खड्का ५७५ मत ल्याँउदा अर्जुन खड्काले ५५३ मत पाएका छन् । कोषाध्यक्षमा हेमराज भण्डारीले ५७३ मत पाँउदा दिपकराज भट्टले ५५४ मत ल्याएका छन् ।
सचिवका उम्मेदवारमा दिलिप कुमार साउँदले ६४७ मतका साथ अगाडी छन भने प्रतिद्धन्दीमा हर्क बहादुर बिकले ४५५ मतका साथ पछ्याउदै छन । तेस्तै गरी सदस्यहरुमा रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र बालकृष्ण ओझा अगाडि रहेका छन ।