धनगढीमा गाईगोरु हेर्न बनाइएको छाप्रोभित्र पेस्तोल

धनगढी : कैलालीमा भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१९ को आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा भेटिएको कटुुवा पेस्तोल बरामद गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) धिरेन्द्र शाहले सहायक सीमा स्तम्भ नम्बर ७३७÷३ नजिकै गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको बताए ।

उनकाअनुसार बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कसले र किन राखेको हो ? भन्ने कुरा भने खुलेको छैन । बरामद गरिएको पेस्तोल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.