अत्तरिया : कैलालीको लम्कीबाट चार होटेल संचालकसहित सात महिला पक्राउ परेका छन् । पछिल्लो तिन दिनसम्म कैलालीको लम्कीबाट यौन व्यवसायमा संलग्न चार होटेल संचालकसहित सात महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै आज कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालक सहित पाँच महिला पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यु वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटेलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेलका सञ्चालक भीम शाहीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । ति होटलमा आज बिहान प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले उनीहरुको होटेलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको जानकारी लिए । होटलबाट पुरुष गहकलाई भने पक्राउ गरेको छैन । यसअघि सोमबार कैलालीको लम्की बसपार्कमा यौन धन्दा चलाएको अभियोगमा संज्याल होटलका सञ्चालक महेशप्रसाद जैसी र यौनजन्य क्रियाकलापमा संलग्न २ जना नाबालिकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जैशीलाई मानव बेचबिखन तथा ओसार पसारको मुद्दा चलाइएको छ ।