धनगढी : धनगढी उपमहानगरपालिकाले जग्गा कित्ताकाटमा बदमासी गरेको भन्दै दुई जना कर्मचारीलाई निलम्बन गरेको छ ।
उपमहानगरपालिकाले प्राविधिक शाखाका दुई कर्मचारीलाई एक महिनाका निलम्बन गरेको स्रोतले जनाएको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको पाइएपछि उनीहरू निलम्बन गरिएको हो । तर उनीहरूको परिचय गोप्य राखिएको छ ।