कविता प्रतियोगितामा आयुष्मा प्रथम

धनगढी, २९ असार : आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीका अवसरमा सुदूरपश्चिमाञ्चल क्याम्पसले आयोजना गरेको कविता प्रतियोगितामा आयुष्मा जोशी प्रथम भएकी छिन् ।

क्याम्पसका विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा आयुष्माले प्रस्तुत गरेको सही र गलत शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको थियो । यस्तै दृष्टिविहिन अर्जुन रानाको कविताले दोस्रो स्थान हासिल गर्‍यो भने समिर परियार तेस्रो भए । महेश्वरी विष्ट र रेखा धानुकको कविताले सान्त्वना पुरस्कार हात पारे ।

प्रतियोगीहरुलाई एसपीएका बीएड, बीएसडब्लु कार्यक्रम प्रमुख टंकप्रसाद जोशी, बीबीएस कार्यक्रम प्रमुख मनोज भट्ट, प्राध्यापकहरु डा देवेन्द्रप्रसाद भट्ट, केशवराज जोशी तथा ऐन जप्रेलले पुरस्कार वितरण गरेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.