गोदावरी चेम्बरको आयोजनामा बायोमेट्रीक करदाता कार्याशाला

अत्तरिया : गोदावरी चेम्बर अफ कमर्सले ब्यबसायीहरुको सहजताका लागि १ दिवसीय करदाता बायोमेट्रीक कार्याशाला गरेको छ । आन्तरिक राजस्व कार्यालय धनगढीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । चेम्बरका अध्यक्ष नैमुद्दिन भाटले ब्यबसायीहरुलाई सहज होस् भनेर चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए । कार्यशाला महेन्द्रनगर रोडमा रहेको सितारा होटेल मा बिहान १० बजे देखि शुरु भएको हो ।

बायोमेट्रीक अपडेट नभएका करदाताले राजस्व कार्यालयबाट कुनै किसिमको पनि सेवा पाउन सक्दैनन् । राजस्व कार्यालय को तर्फबाट अधिकृत नारद प्रसाद भट्ट ले सहजिकरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.