ईप्रका मालाखेतीमा एक बर्षमा ३५० मुद्धा दर्ता, ३५ ओटा फछ्यौट

अत्तरिया, १ साउन : गोदावरी नगरपालिका अत्तरियामा अवस्थिति ईलाका प्रहरी कार्यालय मालाखेतीमा एक वर्षमा ३५० मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९\८० मा विभिन्न २२ ओटा शिर्षकमा ३५० मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । जसमध्य २३५ ओटा फछ्यौट भईसकेका छन् भने ११५ बाँकी रहेका छन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी अभद्र व्यवहारमा ८३ मुद्धा दर्ता भएकोमा सबै फछ्यौट भईसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
अभद्र व्यवहारमा २७ महिला सहित १०५ जनालाई पक्राउ गरीएको छ । त्यसैगरी लागुऔषधमा ५४ मुद्धा दर्ता भएकोमा ४५ ओटा फछ्यौट भईसकेका छन् भने ९ ओटा बाँकी रहेका छन् । लागुऔषधमा ७८ जना पुरुष र ६ जना महिला गरी ८४ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । त्यसैगरी झुन्डीएर आत्महत्या शिर्षकमा ३९ मुद्धा दर्ता भएको र सब फछ्यौट भईसकेको जनाएको छ । बैंकिंग कसुर अन्र्तगत ३० ओटा मुद्धा दर्ता भएको र १८ फछ्यौट भई १२ प्रक्रियामा रहेको जनाईएको छ ।
उक्त कशुरमा १६ जना पुरुष र २ जना महिला पक्राउ परेका छन् भने ११ जना पुरुष र २ जना महिला फरार रहेका छन् । जवरजस्ती करणीका २३ मुद्धा दर्ता भएका छन् जसमध्य १९ फछ्यौट भईसकेका छन् भने ४ प्रक्रियामा रहेका छन् । जवरजस्ती करणी गरेको आरोपमा ५ महिला सहित २३ जना पक्राउ परेका थिए । साधारण चोरीका २२ मुद्धा दर्ता भएकोमा एउटा मात्रै फछ्यौट हुन बाँकी रहेको छ भने र सवारी ज्यान सम्बन्धि १८ मुद्धा दर्ता भएकोमा २ ओटा प्रक्रियामा रहेका छन् । सवारी ज्यान मुद्धामा २० जना पुरुष १ वर्षको अवधीमा पक्राउ परेका छन् ।
साधारण चोरीमा २५ जना पुरुष पक्राउ परेका छन् । भवितव्य ज्यान शिर्षकमा १९ र फुटकर ज्यान शिर्षकमा ११ मुद्धा दर्ता भएकोमा सबै फछ्यौट भईसकेको जनाईएको छ । कर्तव्य ज्यान सम्बन्धी दुईओटा मुद्धा परेकोमा एउटा फछ्यौट भईसकेको छ भने एउटाको प्रतिवादी खुल्न नसकेकाले प्रक्रियामा राखीएको छ । आत्महत्या दुरुत्साहनको तीनओटा मुद्धा दर्ता भएकोमा सबै फछ्यौट भईसकेका छन् । आत्महत्या दुरुत्साहनमा ४ पुरुष र एक महिला गरी ५ जना पक्राउ परेका छन् ।
विष खाएर आत्महत्या र बहुविवाह शिर्षकमा ९\९ओटा मुद्धा परेकोमा सबैको टुंगो लागीसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बहुविवाह गरेको आरोपमा प्रहरीले ९ जना पुरुष र ९ जना महिलाई पक्राउ गरेको छ । डाँका चोरी, मानव बेच बिखन तथा जवरजस्ती करणी र सवारी अंगभंग शिर्षकमा मा १ \१ मुद्धा दर्ता भएका थिए । मानव बेच बिखन तथा जवरजस्ती करणीको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार यी सबै र्फस्यौट भईसकेका छन् ।
सवारी अंगभंगमा ३ जना पुरुष पक्राउ परेका छन् । जुवा खेलीएको र ठगी आरोपमा २\२ मुद्धा दर्ता भएकोमा फछ्यौट भईसकेका छन् । जुवा खेलेको आरोपमा आर्थीक वर्ष २०७९\८० मा ईलाका प्रहरी कार्यालय मालाखेतीले १२ जना पुरुषलाई पक्राउ गरेको छ । त्यस्तै बालबिवाहका २ मुद्धा दर्ता भएकोमा फछ्यौट भईसकेका छन् । बालबिवाह गरेको आरोपमा २ जना किशोर र २ जना किशोरी पक्राउ परेका थिए ।
जवरजस्ती करणी उद्योगमा ८ मुद्धा दर्ता भएकोमा १ चालु अवस्थामा रहेको छ,७ ओटा फछ्यौट भईसकेका छन् । जवरजस्ती करणी उद्योगमा ८ जना पुरुष पक्राउ परेका छन् । त्यसैगरी सवारी भवितव्यमा ७ र हातहतियारमा ४ मुद्धा दर्ता भएकोमा यी सकै र्फस्यौट भईसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.