सिता दाहाल एक क्रान्तीकारी आमा गुमायौँ : धामी

अत्तरिया, २ साउन : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिंह धामीले सिता दाहालको निधनले एक क्रान्तीकारी आमा गुमाएको बताएका छन् । नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका मन्त्री धामीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ एक क्रान्तीकारी आमा रहेको स्मरण गरेका हुन् ।
नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवं प्रधानमन्त्री पुस्पकमल दाहालकी पत्नी सिता दाहालको सातौँ पुण्य तिथिमा माओवादी केन्द्र गोदावरी नगर कमिटिद्वारा आयोजित श्रदाञ्जली सभालाई सम्बोधन गर्दै मन्त्री धामीले दाहालको निधनले एक क्रान्तिकारी आमा गुमाउनुपरेको बताएका हुन् । साथै उनले पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको धामीको भनाई छ । नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ ’, उनले भने ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.