डडेल्धुरा:ः आँपको रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ । भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको रुखबाट लडेर मृत्यु भएको हो ।
मंगलबार भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए ।
रुखबाट लडेर मृत्यु भएकी रुपाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाइएको छ