स्थानीय सरकार निरही बन्दा, कर्मचारी थप आन्दोलनमा

धनगढी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन । मन्त्रालयको निर्देशन समेत नमानेपछि उपमहानगर बिरुद्ध कर्मचारीहरु निरन्तर धर्नामा छन् । धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । कर्मचारीहरु स्थानीय सरकार निरही बनेको आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ । संघीय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलीदेखि हाजिर गर्न नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए।
मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको उनले बताए। कसैका ब्यक्तीगत स्वार्थका लागी कर्मचारीलाई ढाल नबनाइयोस उनले भने “यहाँ दरबन्दीनै छैन कर्मचारी चाहिदैनन् भनेर गलत प्रचार गर्दै उपमहानगरले अहिले भएका कर्मचारीका ठाउँमा करारमा कर्मचारी भर्ना गर्न खोज्दैछ भन्ने सुनेको छु एदी त्यो हो भने हाम्रा लागी सह्य हुने छैन ।” शुरुमा दरबन्दी भएका क्षेत्रबाट स्वास्थ्यका कर्मचारीहरुलाई मिलान गरियो अहिले उतै जाउ भन्न मिल्छ उनले भने “दरबन्दी खाली भएका ठाउँमा कर्मचारी राखिसकेका छन्, उता कसरी जानु, अहिले काम गरिरहेको ठाउँबाट लखेट्न खोजिदैछ अनी धनगढीमा कार्यरत स्वास्थ्य क्षत्रेका ३३ जना कर्मचारीले कहाँ जाने के गर्ने त्यो आधारपनि दिनुपर्छनी शुरुमा सहमती दिने संस्थाले ।”
संघीय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने–‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन। अहिले पनि हाम्रो धर्ना जारी रहेको छ।’ समायोजन र समायोजन मिलान गरि धनगढी उपमहानगरपालिकामा ५६ जना स्वास्थ्यकर्मी कार्यरत थिए । दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएको भन्दै उपमहानगरपालिकाले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीहरुको हाजिरी रोकेको छ । तर, १६ जनाको दरबन्दी रहेकोमा अहिले २३ जना स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा खटाएको छ । जुन कुल दरबन्दीभन्दा सात जना बढी हो ।

अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेस्ठले समस्या समाधानतर्फ ध्यान दिएका छैनन् । धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान गरेर आएका स्वास्थ्यकर्मीहरुको हाजिर रोकेपछि स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत समेत प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराएपनि कर्मचारी बारे कुनै वास्ता नगरेको उनीहरु बताउँछन् ।
निजामती कर्मचारी संघ कैलालीबा अध्यक्ष खेमराज जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्र आइसकेपछि समेत कर्मचारीहरुलाई हाजिर गर्न नदिएपछि प्रमुख जिल्ला अधिकारी मार्फत प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराइएको बताए । हामीले सिडियो सापलाई गएर सोधिसकेका छौँ यस्तो कदापी गर्न मिल्दैन उनले भने “हाजिर रोक्नु निजामती कर्मचारी ऐन बिपरित हो उहाँले भन्नुभाछ, जिल्लाबाट सहजीकरण गर्ने र नमाने केन्द्रमा पठाउने आश्वासन पाएका छौँ, अब कानुनी तवर र सडकबाटै हामी आन्दोलनमा रहनेछौँ, सरकारको निर्देशन उपमहानगरले मान्दैन भने हामी यो भन्दा कठोर आन्दोलन, प्रमुख प्रशासकिय अधिकृतलाई धनगढी निषेधदेखी कैलालीका सबै सरकारी कार्यालय ठप्प पार्ने सम्मका कार्यक्रम गर्नेछौँ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.