तरुण दल द्वारा सेती अस्पतालमा फलफूल वितरण

अत्तरिया : नेपाल तरुण दल कैलालीले सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ। शनिबार आज ४१ औँ विपि जयन्तीको अवसर पारेर सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफूल वितरण गरिएको दिपेन्द्र बहादुर बमले जानकारी दिए।

विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए। विगतका वर्षमा वृक्षरोपण, रक्तदान कार्यक्रम गरिरहेको उनले बताए। फलफूल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.