विपी कोईरालाको स्मृतिमा वृक्षारोपण तथा विचार गोष्टी

अत्तरिया : नेपाली काँग्रेसका संस्थापक नेता विपी कोईराला को ४१ अ‍ौँ स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ ले वृक्षारोपण तथा विचार गोष्टी सम्पन्न गरेको छ ।

पार्टी कार्यालय अत्तरियामा एक कार्यक्रमको आयोजना गरी विचार गोष्टी गरेको हो । कार्यक्रममा प्रदेस सभाका सांसदद्वय प्रकाश बम, तुलसी देबकोटा, पदमराज भट्ट लगायत ले विपीले अगाडि सारेका विचारहरुको बारेमा चर्चा गरेका थिए ।

कैलाली क्षेत्र नं ४ का क्षेत्रिय सभापती बसन्त रोकायाको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । त्यस लगत्तै गोदावरी–२ मा वृक्षारोपण कार्यक्रम गरिएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुगाएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.